३ प्रश्न

बुधबार, २० पुष, २०७९
डिजिटल संस्करण

२२ पुसमा केन्द्रीय समिति बैठक बस्दै छ, कसरी प्रस्तुत हुने तयारी गर्दै हुनुहुन्छ ?
हामी हाम्रो विचार समूहको भेलाबाट केन्द्रीय समितिमा उठाउने विषयवस्तु र अपनाउने रणनीति तय गर्नेछौँ । यसका लागि २१ पुसमा दिउँसो १ बजे गौशालास्थित अनुपम फुडल्यान्डमा हाम्रो विचार समूहको भेला बोलाइएको छ । भेलाको रायअनुसार नै हामी केन्द्रीय समितिमा प्रस्तुत हुनेछोँ । 

ठूलो दल हुँदाहुँदै पनि सत्ताबाट बाहिरिनुपरेको अवस्थामा नेतृत्वमाथि कसरी दबाब बढाउँदै हुनुहुन्छ ? 
हामी नेतृत्वलाई नैतिक जिम्मेवारीका लागि दबाब बढाउँछौँ । जसको कमान्डमा युद्धमा होमिएको हुन्छ, त्यसको सफलता र असफलताको जस कमान्डरले नै लिनुपर्छ । सिपाहीमाथि दोषारोपण गरेर उम्किन पाइँदैन । महामन्त्री, सहमहामन्त्री या अन्य नेतालाई देखाएर पार्टी नेतृत्वले सुख पाउँदैन । पार्टीले कांग्रेस नेतृत्वमा सरकार बनाउने भनेर निर्णय गरेको अवस्थामा प्रतिपक्षमा रहने स्थिति आउनु नेतृत्वको असफलता नै हो ।

इतर समूहभित्र नेतृत्वको राजीनामा या विशेष महाधिवेशनको माग उठाउन दबाब छ नि ? उठाउनुहुन्छ यस्ता माग ?
हाम्रो विचार समूहका साथीहरूबिच मात्र होइन, विवेकशील कार्यकर्ता तहसम्मै  नेतृत्वको राजीनामा या विशेष महाधिवेशनको मुद्दा उठाउनैपर्छ भन्ने दबाब छ । यी मुद्दा उठेनन् भने हामी बाहिर बसेरै नेतृत्वविरुद्ध हस्ताक्षर अभियान चलाउँछौँ भनेर साथीहरूले भनिरहनुभएको छ । हामी नैतिक जिम्मेवारीका लागि दबाब दिन्छौँ । त्यो राजीनामा या विशेष महाधिवेशन कता जाने हो, नेतृत्व स्वयंले बुझ्ने विषय हो ।
 

सुझावित समाचार