नेपाली सेनाका उपरथी प्रेम शाहीलाई तत्काल अनिवार्य अवकाशमा नपठाउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा सन्देह देखिएको छ । उनलाई सेनाले बुधबारबाट लागू हुने गरी अनिवार्य अवकाशमा पठाउन १५ दिनअघि नै पत्र काटेको थियो ।
उमेरहदको कारण देखाउँदै सेनाले शाहीलाई २० पुसबाट लागू हुने गरी अनिवार्य अवकाशमा पठाउन लागेको हो । तर, सेवाबाट अवकाश हुन अझै वर्ष दिन बाँकी रहेको दाबी गर्दै सेनाको पत्रविरुद्ध शाही सर्वोच्च गएका थिए ।
उनको निवेदनविरुद्ध सर्वोच्चले २० पुसमा अवकाश दिने पत्र तत्काल कार्यान्वयन नगर्न आदेश गरेको थियो । अदालतको आदेशपत्र बोकेर मंगलबार जंगी अड्डा पुगेका शाहीलाई तत्कालै सैनिक हिरासतमा राखिएको हो ।
सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले सर्वोच्चको आदेश र उपरथी शाहीलाई हिरासतमा राखिएको घटना फरक–फरक रहेको बताए । शाहीलाई आर्थिक अनियमितता आरोपमा हिरासतमा राखिएको उनले दाबी गरे ।
‘उपरथी शाहीलाई अहिले सैनिक पहराभित्रै रहन भनेका हौँ । विभिन्न पदमा रहेका वेला भएका आर्थिक अनियमितताको सम्बन्धमा अनुसन्धान गर्नुपर्ने भएको हुँदा उहाँलाई पक्राउ गरिएको हो । सर्वोच्च अदालतको आदेशसँग यसको कुनै सम्बन्ध छैन,’ उनले भने ।
सेनामा उपरथीको अवकाश उमेरहद ५७ वर्ष छ । सैनिक जंगी अड्डाका अनुसार उनी २० पुसमा ५७ वर्ष पुग्छन् । तर, नागरिकता प्रमाणपत्रमा उनको जन्ममिति २२ पुस ०२३ उल्लेख छ । यसअनुसार उनी अहिले ५५ वर्ष ११ महिना २८ दिनको मात्रै भएको देखिन्छ । यसलाई आधार मान्दा उनको अवकाश लिने अवधि अझै एक वर्ष दुई दिन बाँकी भएको देखिन्छ ।
उपरथी शाही सैनिक हिरासतमा
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
शनिबार १० बजेसम्मका प्रमुख १० खबर
दसैँको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– आर्थिक कारणले चाडपर्व बोझ नबनाेस् प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले …
दसैँ मनाउन घर फर्किनेको घुइँचो, साढे चार लाखभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आ–आफ्नो घर फर्किने यात्रुको चाप बढेको छ। रोजगारी, अध्ययन तथा विभिन्न …
हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती
काठमाडौं । बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा काठमाडौंस्थित हनुमानढोका दरबारको दसैँघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्या…
पुरानो रिसइवीमा कुटपिट हुँदा एकै परिवारका पाँच घाइते, दुई मोटरसाइकलमा आगजनी
सिराहा । सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा पुरानो रिसइवीको कारण कुटपिट हु…
बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गोरखामा
काठमाडौं । गृहमन्त्री सुदन गुरुङ बुढीगण्डकी नदीकाे बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहजिल्ला गोरखा पुगेका छन्। गृहमन्त्र…
साइबर ब्युरोले भन्यो– पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको होइन
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगरेको जनाएको छ। श्रेष्ठलाई छलफलका लागि बोल…