मधेस प्रदेश सभा सदस्यले आउँदो शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
प्रदेश सभामा आज बसेको सर्वदलीय बैठकमा यही पुस १५ गते शुक्रबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने सहमति भएको प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।
प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले सदस्यको शपथ गराउने निश्चित भएको सचिव उनले बताए। शपथग्रहणका लागि दुई घण्टाअगावै निर्वाचित प्रदेश सभा सदस्यलाई राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थिति हुन सचिवालयले आग्रह गरेको छ।
आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले तीन दिनअगावै प्रदेश सभा सचिवालयमा जानकारी गराउनुपर्ने जनाइएको छ।