कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ । कांग्रेस बागमती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनका लागि समितिसमेत गठन गरेको छ । कांग्रेस बागमती प्रदेश समितिका उपसभापतिसमेत रहेका चन्द्र महर्जनको संयोजकत्वमा पाँचसदस्यीय समिति गठन गरिएको प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।
समितिले दलको नेता चयनका लागि आवश्यक प्रक्रिया पूरा गर्ने प्रवक्ता रुवालीले बताए । समितिको सदस्यहरूमा महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सदस्य सानु श्रेष्ठ रहेका छन् । उक्त समितिले मंगलबारदेखि आफ्नो जिम्मेवारीमा रहेर निर्वाचनको प्रक्रिया सुरु गर्ने उनको भनाइ छ ।
बैठकले संसदीय दलको नेता चयन प्रक्रिया भने केन्द्रको संसदीय दलको निर्वाचनपछि मात्रै गर्ने निर्णय गरेको छ । बागमती प्रदेशको संसदीय दलको नेता चयनका लागि केन्द्रीय कार्यक्रम सकिएपछि मात्रै चयन प्रक्रिया सुरु गर्ने र मिति तय गर्ने निर्णय भएको प्रवक्ता रुवालीले बताए ।
कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेता चुनावबाट छानिने
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
आइतबार १० बजेसम्मका प्रमुख १० खबर
तातोपानी नाका आजदेखि तीन दिन खुला चीनसँगको तातोपानी नाका आज आइतबारदेखि तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउ…
सुशील भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान
काठमाडौं । लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको…
दसैँ मनाउन उपत्यकाबाट पाँच लाख यात्रु बाहिरिए
काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या पाँच लाखनजिक पुगेको छ। घटस्थापनादेखि असोज ३१ गतेसम्म…
तातोपानी नाका आजदेखि तीन दिन खुला
काठमाडौं । चीनसँगको तातोपानी नाका आज आइतबारदेखि तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। दसैँको समयमा वस्तु तथा…
दीपक भट्टका दाइ पनि पक्राउ
काठमाडौं । बिचौलिया दीपक भट्टका दाइ सुशील भट्ट पक्राउ परेका छन्। दीपकलाई छुटाउन चलखेल गरेको प्रमाण भेटिएपछि उनी पक्राउ परेका …
शनिबार १० बजेसम्मका प्रमुख १० खबर
दसैँको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– आर्थिक कारणले चाडपर्व बोझ नबनाेस् प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले …