भारतीय अभिनेता विवेक ओबराय काठमाडौंमा

बिहिबार, २९ मंसिर, २०७९
डिजिटल संस्करण

भारतीय चलचित्रका अभिनेता विवेक ओबराय भ्रमणका लागि काठमाडौं आएका छन् । उनी परिवारसहित घुम्न नेपाल आएका हुन् ।

व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय दश दिन नेपालमा रहने बताइएको छ । ‘पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरैपटक आइसक्नुभएको छ,’ त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ।

नेपाल बसाइका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ । अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ ।     
  
 
 

See More On

सुझावित समाचार