प्रतितोला एक लाखमा कारोबार हुँदै सुन

मंगलबार, २७ मंसिर, २०७९
डिजिटल संस्करण

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. एक लाख तोकिएको छ।  अघिल्लो दिन प्रतितोला रु. एक लाख दुई सयमा कारोबार भएको यो सुन आज प्रतितोला रु. दुई सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९९ हजार पाँच सय छ। यसको मूल्य अघिल्लो दिन रु. ९९ हजार सात सय थियो।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ९० कायम रहेको महासंघले जनाएको छ । 

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ८२.३८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको छ।

सुझावित समाचार