अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना र काम

शुक्रबार, २३ मंसिर, २०७९
डिजिटल संस्करण

सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संवैधानिक निकायका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना भएको हो ।

आयोगले तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा ९७ र ९८ को व्यवस्थाबाट स्वतन्त्र एवं स्वायत्त संवैधानिक आयोगको मान्यता प्राप्त गरेको थियो । नेपालको अन्तरिम संविधान २०६३ ले आयोगलाई निरन्तरता दिएको थियो र हालको नेपालको संविधानद्वारा सो आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्ने गरी काम, कर्तव्य र अधिकार छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अंगीकार गरी कार्यसम्पादन गर्दै आएको छ ।

आयोगको केन्द्रीय कार्यालय काठमाडौं टंगालमा छ । यस्तै, आयोगमातहत स्थापना गरिएका आठवटा कार्यालय इटहरी, बर्दिबास, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत, महेन्द्रनगर र बुटवल कार्यालयका रूपमा नेपालगन्जमा छन् । 
स्रोत : अख्तियार दुरुपयोग अनुसन्धान आयोग

सुझावित समाचार