लालबाबुलाई १२ हजार मतले हराउँदै मोरङ ६ बाट शेखर कोइराला विजयी

शुक्रबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्यमा मोरङको ६ नम्बर क्षेत्रमा कांग्रेसका उम्मेदवार शेखर कोइराला विजयी भएका छन् ।  निकटतम प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितलाई १२ हजार २८६ मतले पराजित गर्दै काँग्रेसका उम्मेदवार कोइराला विजयी भएका हुन् । 

कोइरालाले ३५ हजार २१८ मत प्राप्त गरे । लालबाबुले २२ हजार ९३२ मत पाए । यहाँ राप्रपाका गोपाल क्षेत्रीले ८ हजार ८२९ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९ हजार ५७१ मत पाएका छन् । 

नेपाली काँग्रेसका केन्द्रिय सदस्य विराटनगर निवासी डा कोइराला २०६४ को पहिलो संविधानसभा निर्वाचनमा मोरङको ७ नम्बर निर्वाचन क्षेत्रबाट मधेशी जनअधिकार फोरमका विजय गच्छदारसँग पराजित भएका थिए । 

२०६५ मा भएको उपनिर्वाचनमा कोइरालाले फोरमका चुमनारायण तवदारलाई पराजित गरेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कोइराला फोरम लोकतान्त्रिका अध्यक्ष विजयी गच्छदारलाई पराजित गर्दै विजयी भएका थिए । २०७४ को निर्वाचनमा कोइरालालाई एमालेका लालबाबु पण्डितले पराजित गरेका थिए ।   
 

सुझावित समाचार