सिरहामा जनमतले खोल्यो खाता, ४ (क) मा १४६ मतान्तरले साह विजयी

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

सिरहा ४ (क) मा जनमत पार्टीका त्रिभुवन साह एक सय ४६ मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालय मिर्चैयाका अनुसार बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार जनमतका साह आठ हजार दुई सय २९ मतसहित प्रदेश सभामा निर्वाचित भएका हुन्  ।

साहका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका महेन्द्र पासमानले आत हजार ८३ मत ल्याएका छन् भने एमालेका प्रकाश महासेठ  छ हजार आठ सय ७८ मतसहित तेस्रो स्थामा रहे । 

निर्वाचन अधकृतको कार्यालय मिर्चैयाका अनुसार ४९ हजार चार सय मतदाता रहेको ४ (क) मा आइतबार सम्पन्न मतदानमा ३२ हजार चार सय २७ मत खसेको थियो । कुल खसेको मतमध्ये ३० हजार आठ सय ९० सदर र एक हजार पाँच सय ३७ म तबदर भएको निर्वाचन  अधिकृत दिपेन्द्रनाथ योगीले जानकारी दिए ।
 

See More On

सुझावित समाचार