झापामा खस्यो ३० प्रतिशत मत

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि जारी मतदानमा झापामा ३० प्रतिशत मत खसेको छ। निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालका अनुसार बिहान ११ बजेसम्म ३० प्रतिशत मत खसेको छ। स्थानीय तहको तुलनामा यो कम्ति हो। 

गत स्थानीय तहको निर्वाचनमा बिहान १० बजेसम्म ३५ प्रतिशत मत खसे थियो । ‘यसपटक बिहान मतदाता कम आए । स्थानीय तहको निर्वाचनमा गर्मी थियो। त्यसकारण बिहान मतदान गर्नुपर्छ भन्ने थियो,’ उनले भने,ुयसपटक जाडोका कारण हुनसक्छ । अहिले मतदान केन्द्रमा भिड बढेको छ।’

झापाका २८५ मतदानस्थलका ७६८ वटै मतदान केन्द्रमा मतदान निर्वाचन भइरहेको छ । झापामा प्रतिनिधिसभातर्फ ५ वटा र प्रदेश सभातर्फ १० वटा निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभातर्फ ९४ जना र प्रदेश सभातर्फ ९८ जना उम्मेदवार चुनावी मैदानमा छन्।

६ लाख ६३ हजार ३११ मतदाता रहेको झापामा यसपटक ७४ प्रतिशत मत खस्ने अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

 ‘यो हाम्रो वैज्ञानिक अनुमान हो। वैदेशकि रोजगारीबाट फर्किएकाको तथ्यांक, जिल्लाबाट बाहिरिएकाको तथ्यांकलाई हेरेर हामीले विश्लेषण गरेका हौँ,’ निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले भने।

See More On

सुझावित समाचार