उपत्यकाका तीन जिल्लामा १ मंसिर बिहीबार मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय भएको छ।
आइतबार निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्रीमा रोक लगाउने निर्णय तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले गरेका छन्।
निर्वाचन सुरक्षालाई लक्षित गरी यस्तो निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए।
साथै, गणना सम्पन्न नभएसम्म्का लागि मतगणनास्थल आसपासमा मदिरा बिक्रीमा रोक लगाउने निर्णय भएको छ। कसैले यो निर्णयविपरीत मदिरा बिक्री गरेको पाइएका कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओबीचको संयुक्त बैठकले निर्वाचनको दिन बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म सवारीसाधन चलाउन रोक लगाउने निर्णय पनि गरेको छ।
