१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ कार्तिक २६ शनिबार १९:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुनावको विरोध गरेका विप्लव-बहुमतका कार्यकर्ता पक्राउ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ कार्तिक २६ शनिबार १९:०७:००

आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको विरोधमा प्रचारप्रसार गरिरहेका नेकपा विप्लव–बहुमतका नेता-कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ। 

शनिबार कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–७ बाबाथानमा चुनाव प्रचारप्रसार गरिरहेका नेकपा बहुमत–बैद्य समूहका नेता-कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो। 

नेकपा बहुमत कञ्चनपुरका युवा नेता दीपेन्द्रसिंह ऐरीले शान्तिपूर्ण चुनाव विरोधको प्रचारप्रचारका क्रममा प्रहरीले पक्राउ गरेको बताए। उनका अनुसार नेकपा बहुमत युवा संगठन सदस्य सुरज मल्ल र नेकपा बैद्यका केन्द्रीय सदस्य हरि सुवेदीसहितका ६ जना नेता-कार्यकर्ता पक्राउ गरिएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्रबहादुर शाहले चुनावविरोधी गतिविधि गरिरहेका नेकपा बैद्य–बहुमतका नेता-कार्यकर्ता पक्राउ गरिएको बताए। पक्राउ गरिएका नेता-कार्यकर्ताहरूलाई नेकपा बहुमत बैद्य कञ्चनपुरले निसर्त रिहाइको माग राखेको छ।