१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २५ शुक्रबार
  • Friday, 09 May, 2025
हदिश खुद्दार जनकपुरधाम
२o७९ कार्तिक २५ शुक्रबार o८:२९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बैंकको चर्को ब्याजदरविरुद्ध व्यवसायीले बुझाए ज्ञापनपत्र

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७९ कार्तिक २५ शुक्रबार o८:२९:oo

बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर लिँदा व्यवसायी मारमा परेको भन्दै जनकपुर उद्योग वाणिज्य संघले विरोध जुलुस प्रदर्शन गरेको छ । प्रदर्शनसँगै संघले नेपाल राष्ट्र बैंक, जिल्ला प्रशासन कार्यालय धनुषासहितका निकायमा ज्ञापनपत्रसमेत बुझाएको छ । 

संघको अगुवाइमा निकालिएको विरोध र्‍यालीमा स्थानीय व्यवसायीले मौन विरोध जुलुस प्रदर्शन गरेका छन् । उद्योग वाणिज्य संघको प्रांगणबाट निकालिएको सो र्‍याली शिवचोक, कमदचोक, भानुचोक, रामचोक हुँदै धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र जनकपुरधामस्थित नेपाल राष्ट्र बैंकका निर्देशकलाई ज्ञापनपत्र बुझाएका हुन् । 

ज्ञापनपत्रमा ब्याजदर घटाउनुपर्ने, बैंकले सेवाशुल्क, कर्जा स्वीकृति शुल्क, एलसी नेगोसिएसन शुल्कमा गरिएको दोब्बर वृद्धिलाई घटाएर यसअघिकै शुल्क कायम गरिनुपर्ने, बैंक तथा वित्तीय संस्थाले अगाडि बढाएको धितो लिलामको प्रक्रिया तत्काल रोक्नुपर्नेलगायतका माग उल्लेख छन् । बैंकले ब्याजदर बढाउँदा उद्योग–व्यवसायमा लगानीसमेत घटेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।

‘ब्याजदर बढाउँदा उद्योगी–व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको छ,’ उनले भने, लगानीकर्ताको संख्या पनि घट्न गई मुलुकमा बेरोजगारको संख्या वृद्धि भएको छ । त्यसकारण ब्याजदर एक अंकको हुनुपर्छ ।’