१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २२ मंगलबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका नयाँ पत्रिका
२o७९ कार्तिक २२ मंगलबार o६:५७:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

दुर्गादेवी नेपाललाई ‘गोधूलि पुरस्कार’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ पत्रिका
नयाँ पत्रिका
२o७९ कार्तिक २२ मंगलबार o६:५७:oo

गोधूलि साहित्य प्रतिष्ठानले विराटनगरनिवासी दुर्गादेवी नेपाललाई ‘गोधूलि पुरस्कार’ प्रदान गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई ताम्रपत्रसहित १० हजार रुपैयाँ राशिको सो पुरस्कार प्रदान गरिएको हो ।

विद्यालयको ढोका नटेकेकी नेपालले नेपाली साहित्यको क्षेत्रलाई दुईवटा कृति प्रदान गरेकी छिन् । नेपालका ‘उनैको मायाँ’ कवितासंग्रह र ‘बगेको खोला’ आत्मकथा प्रकाशित भएका छन् । उनलाई गोधूलि साहित्य प्रतिस्ठानकी अध्यक्ष ललिता दोषी र प्राध्यापक डाक्टर उषा ठाकुरले पुरस्कार प्रदान गरे ।