१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
रासस झापा
२०७९ कार्तिक १८ शुक्रबार १६:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्यचौकीमा मतदान केन्द्र, स्थानीयकाे आपत्ति

Read Time : < 1 मिनेट
रासस, झापा
२०७९ कार्तिक १८ शुक्रबार १६:४६:००

मेचीनगर नगरपालिका– १० मा रहेको प्राथमिक धुलाबारी स्वास्थ्य केन्द्रमा मतदान केन्द्र तोकिएकोमा स्थानीयवासीले विरोध जनाएका छन्। स्वास्थ्यचौकीजस्तो अति संवेदनशील स्थानमा मतदान केन्द्र तोकिँदा बिरामीलाई असर पर्ने जनाउँदै स्थानीयवासीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन्।

मेचीनगर– १० खयरडाँगीका महेश खड्काले विगतमा स्वास्थ्य केन्द्रमा मतदान हुँदै गर्दा एम्बुलेन्समा आएकी एक गर्भवती महिलाले सुविधा नपाएको उल्लेख गर्दै आगामी निर्वाचनमा मतदान केन्द्र अन्यत्रै बनाउन आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘आँखैअगाडि देखेको यो घटनाले जीवनभर घोचिरहनेछ। अब आउने दिनमा हेल्थपोस्टलाई निर्वाचन केन्द्र बनाउँदै गर्दा स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस्।’

झापा क्षेत्र नम्बर १ मा रहेको यस स्वास्थ्य केन्द्रमा मतदान केन्द्र तोकिएकामा स्थानीय समाजसेवी देवीमाया गौतमको पनि आपत्ति छ। उनले निर्वाचन कार्यालयले विगतमा पटकपटक गरेको गल्ती यसपालि पनि दोहोर्‍याएको भन्दै विरोध गरेकी हुन्। उनले हरेक नागरिकको २४ घन्टै पाउनुपर्ने स्वास्थ्योपचारको अधिकार निर्वाचन कार्यालयले हनन गरेको बताइन्।

क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत टंकबहादुर महतले स्वास्थ्य केन्द्रलाई मतदान केन्द्र बनाउनु उचित नभए पनि तत्काल विकल्प नभएको बताए। उनले भने, ‘पहिलादेखि नै कसरी रह्यो, पहिल्यै सुधार गर्नुपर्थ्याे। अब तोकिएको स्थानबाट सार्न पाइँदैन, अर्को उपाय छैन।’ 

उनले स्वास्थ्य केन्द्रमा मतदान केन्द्र बनाउँदा बिरामीलाई असर पर्नेमा आफू चिन्तित भए पनि तत्काल केही गर्न नसकिने बताए। झापामा दुई सय ८५ मतदानस्थल र सात सय ५५ मतदान केन्द्र रहेका छन्।