१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १२:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मतदान केन्द्रबाहिर होहल्ला गर्ने चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:२४:oo

बारा २ को उपनिर्वाचनका क्रममा मतदान केन्द्रबाहिर होहल्ला गर्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

बारा प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीका अनुसार देवताल गाउँपालिका– २ कल्याणपुरस्थित मतदान केन्द्रबाहिर होहल्ला गरिरहेका छिमेकी जिल्लाका चारजनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरू कुन दलसमर्थित हुन् भनेर खुल्न नसकेको एसपी बोगटीले बताए।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बारा २ मा शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताए। ‘सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान जारी छ,’ उनले भने।

ad
ad