१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १६:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाघको आक्रमणबाट नवलपुरमा एकजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:३७:oo

नवलपुरमा बाघको आक्रमणमा परी मध्यविन्दु– ५ बाघखोरनिवासी ३० वर्षीय यमनारायण महतो घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो पौने १ बजे मध्यविन्दु नगरपालिका– ५ बाघखोरको हरियाली मध्यवर्ती सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा महतोलाई बाघले आक्रमण गरेको हो। 

घाइते महतोको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। उनको मुख र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेको अवस्था मध्यम रहेको छ।

उनलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको मध्यविन्दु जिल्ला अस्पतालले जनाएको छ।

ad
ad