१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १५:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले ताेक्याे मतदान केन्द्र 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १५:३७:oo

निर्वाचन आयोगले आगामी ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ। 

बिहीबार आयोगले प्रत्येक प्रदेशमा एक–एकवटा मतदानस्थल र सोही मतदानस्थलमा दुई–दुईवटा मतदान केन्द्र रहने गरी सात मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको हो। 

आयोगले कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर मोरङ, मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुरधाम धनुषा, बागमती प्रदेशका लागि श्री भुटनदेवी मावि प्राविधिक शिक्षालय ब्लक ‘एफ’ प्राविधिक भवन हेटौँडा मकवानपुर, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन घोराही दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्‍चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढी कैलालीलाई मतदानस्थल तोकेको छ। 

आयोगले तोकेको मतदान केन्द्रमा आगामी ११ माघ बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।

ad
ad