मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक २ बुधबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ कार्तिक २ बुधबार १९:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीपहिरोको जोखिममा कालीकोटका ५१ बस्ती 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ कार्तिक २ बुधबार १९:५२:oo

कालीकोटका नौ स्थानीय तहका ५१ बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन्। जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ। यस पालिकाका १३ बस्तीका पाँच सयभन्दा बढी घर बाढीपहिरोको जोखिममा छन् भने कम जोखिममा भएको पालिकामा तिलागुफा नगरपालिका रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको हो। 

तिलागुफाको पनि छाप्रेका टाकुल्ला, छाप्रे, ओखरभित्ता, खल्लालगायत बस्ती बाढीपहिरोको जोखिममै रहेको नगरप्रमुख शंकरप्रसाद उपाध्यायले बताए। असोज १९ गते सुरु भएको वर्षाले सबैभन्दा बढी क्षति कालीकोटमा नै भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए। पहिरोले स्थानीयका घर, खेत, खानेपानी, सिँचाइ कुलो, बाटोसहितको क्षति छ।

कालीकोटमा बाढीपहिरोका कारण नौवटै स्थानीय तहमा गरी पाँच सय ९० घर पूर्ण रूपले भत्किएको, सात सय ४२ घर आंशिक रूपले भत्किएको र सात सय १३ घर उच्च जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जानकारी दिएको छ। बाढी, पहिरामा परेर कालीकोटका छजनाको मृत्यु भएको, एक प्रहरी जवानसहित १७ जना अझै बेपत्ता रहेको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। 

बाढीपहिराका कारण तिलागुफा नगरपालिकामा १९ जना पहिरोमा परेको त्यसमध्ये पाँचजना शव भेटिएको भए पनि अन्य अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।