Skip This
गोपालमान श्रेष्ठ कांग्रेसका चुनावी कमान्डर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३० आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ३० आइतबार १८:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोपालमान श्रेष्ठ कांग्रेसका चुनावी कमान्डर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ३० आइतबार १८:३९:oo

कांग्रेसले पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा एक सय १० सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। 

पार्टी सभापति शेरबहादुर देउवाले विधानको २०१७ (संशोधनसहित) बमोजिम प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ केन्द्रीय परिचालन समिति गठन गरेका हुन्। 

समिति सदस्यमा डा. रामशरण महत, डा. प्रकाशशरण महत, उमा रेग्मी, जिपछिरिङ लामा, आनन्दप्रसाद ढुंगाना, कृष्णचन्द्र नेपाली पोखरेल, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, मीनाक्षी झा, सुजाता परियार, गोविन्द भट्टराई, चीनकाजी श्रेष्ठ, डा. डिला संग्रौला, सरिता प्रसाई, लक्ष्मी परियार छन्। 

यस्तै, ध्यानगोविन्द रञ्जित, शीला शर्मा खड्का, कर्णबहादुर बुढा, डा. गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी, यज्ञराज जोशी, रमा कोइराला (पौडेल), ध्रुव वाग्ले, टेकप्रसाद गुरुङ, गेहेन्द्र गिरी, नारायणबहादुर कार्की, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, मदनबहादुर अमात्य, राजीव कोइरालालगायत छन्।