१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०७९ असोज २५ मंगलबार १८:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छिमेकी गाउँमा झारफुक गर्न हिँडेका युवकको हत्या अझै रहस्यमय  

Read Time : < 1 मिनेट
२०७९ असोज २५ मंगलबार १८:४०:००

छिमेकी गाउँमा धामी बस्न हिँडेका मोरङको सुनवर्षी नगरपालिका- ४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादवको हत्यामा संलग्न आरोपीहरू अझै पक्राउ परेका छैनन्। आरोपी पक्राउ गर्न नसक्दा यादवको हत्या अझै रहस्यम बनिरहेको छ। 

धामी बस्न भनेर घरबाट हिँडेका यादवको शव १४ असोज शुक्रबार बटरबारी गाउँको भित्री सडकखण्डमा फेला परेको थियो। प्रहरीले हत्या आशंकामा व्यक्तिको पहिचान गरे पनि अझै कसैलाई पक्राउ गर्न सकेको छैन। 

यादवको पेटमा धारिलो हतियार प्रहार गरेको गहिरो घाउ देखिएपछि प्रहरीले हत्या आशंकामा छानबिन अगाडि बढाएको थियो। तर, हत्या भएको दुई हप्ता बितिसक्दा पनि अझै कोही पनि आरोपी पक्राउ पर्न सकेका छैनन्। धामी यादवको हत्या यौन वा लेनदेनको विषयमा गाउँलेहरूबाटै भएको हुन सक्ने चर्चा व्याप्त छ। 
अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार यादवको हत्या लेनदेनको विषयलाई लिएर छिमेकीहरूबाटै भएको पाइएको छ। तर, आरोपीहरू भारततर्फ फरार भएकोले प्रहरीले उनीहरूलाई पक्राउ गर्न सकेको छैन। 

मोरङ प्रहरीले यादवको हत्या भएको पृष्टि भएको र व्यक्तिसमेत पहिचान भइसकेको र चाँडै पक्राउ गर्ने दाबी गरेको छ। गाउँमा झारफुकको काम गर्दै आएका यादव १४ असोज साँझ घरबाट मोटरसाइकलमा चढेर छिमेकी गाउँमा झारफुक गर्न भनेर हिँडेका थिए। झारफुक गर्ने गाउँमा नपुग्दै उनलाई नियन्त्रणमा लिएर कसैले नियोजित हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ। शवनजिकै यादवले चढने गरेको प्रदेश १–०२–०४४ नम्बरको मोटरसाइकल फेला परेको थियो।