१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ३१ आइतबार
  • Friday, 09 May, 2025
सौरभ यादव राजविराज
२o८o बैशाख ३१ आइतबार ११:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीमा २१ वर्षीय एक युवकको हत्या

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o बैशाख ३१ आइतबार ११:o२:oo

सप्तरीमा एकजना युवकको हत्या भएको छ। आइतबार बिहान रुपनी गाउँपालिका– १ रायपुरस्थित खेतमा २१  वर्षीय एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शम्भुनाथ नगरपालिका– २ खैरबनाका लुकमानका छोरा २१ वर्षीय  तफेजुलको शव फेला परेको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए  । 

एसपी कार्कीका अनुसार तफेजुललाई राति नै हत्या गरी खेतमा फालिएको विषयमा अनुसन्धान सुरु गरिएको बताए । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरिएको कार्कीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानपछि मात्र हत्याको प्रकृति र कारण खुल्ने उनले बताए । प्रहरीले शंकास्पद तीनजनालाई नियन्त्रणमा लिएको एसपी कार्कीले बताए ।