१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १५:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:४५:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत फातिमा फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरको छ।

बाँकेमा अवस्थित फातिमा फाउन्डेसन महिलाले नेतृत्व गरी चलाउँदै आएको एक सामाजिक संस्था हो। जसले मुस्लिम, मधेशी र अन्य पिछडिएका वर्गका महिला तथा बालबालिकाको हकहितका लागि काम गर्दै आएको छ।

बैंकले फाउन्डेसनमा आबद्ध विपन्न पृष्ठभूमिका महिलालाई स्वरोजगार सिर्जना गर्ने उद्देश्यका साथ २० वटा सिलाइ मेसिन सहयोगस्वरूप वितरण गरेको हो। यस कार्यबाट विपन्न समुदायका महिलामा रोजगारीको अवसर सिर्जना हुने, आय आर्जन हुने र उनीहरूको जीवनशैलीको पनि स्तरोन्नति हुने विश्वास लिएको बैंकले जनाएको छ।

संस्थामा आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरूप सिलाइ मेसिनहरू हस्तान्तरण गरेका थिए।

ad
ad