१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार o८:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

युवकको हत्या आरोपमा प्रहरीसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४o:oo

पाँच महिनाअघि लालझाडी गाँउपालिकाका एक युवकको हत्यामा संलग्न आरोपमा प्रहरीसहितका दुईजना पक्राउ परेका छन् । लालझाडी गाउँपालिका– ३ बल्मीका २८ वर्षीय राजकुमार रानाको हत्याको चार महिनापछि उनीहरू पक्राउ परेका हुन् ।

मृतक रानाका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीका अनुसार पक्राउ पर्नेमा कञ्चनपुर कृष्णपुर नगरपालिका– ६ का महेश चौधरी र चेतराज भण्डारी रहेका छन् ।

पक्राउ परेका चौधरी नेपाल प्रहरीका सहायक हवल्दार हुन् । राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए । रानाको हत्या भएको भन्दै उनकी श्रीमती सुशीला रानाले दुवैजनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन ।

धनगढीमा काम गर्छु भन्दै गत वर्षको फागुनमा घरबाट निस्किएका राना त्यसपछि कहिलेकाहीँ मात्र घर आउने गरेका थिए । १८ असोजमा श्रीमती सुशीला रानालाई फोन गरेर अत्तरियामा शृंगारका सामान बिक्रीको काम गरिरहेको बताएका उनी दसैँ मनाउन घर फर्किने कुरा थियो ।

तर, त्यसको १० दिनपछि २८ असोजमा कृष्णपुर नगरपालिकामा पर्ने बालुवाफाँटाको जंगलमा मृत भेटिएको खबर परिवारले पाएको थियो ।
 

ad
ad