१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o९:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

किन हुन्छ  उच्च रक्तचाप ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:२९:oo
खेमराज भुसाल कन्सल्टेन्ट फिजिसियन

वंशानुगत कारणले गर्दा अधिकांश मानिसमा उच्च रक्तचाप हुने गरेको पाइन्छ । मुटु, मधुमेह र मिर्गौलाजस्ता जटिल रोग लागेका मानिसलाई उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ ।

मोटोपना, मानसिक तनाव र कामको बोझ तथा धेरै चिन्ता लिने व्यक्तिलाई उच्च रक्तचापले सताउने गरेको पाइन्छ । खानपिनमा लापरवाही र प्रोटिनयुक्त खाना र खानामा नुनको मात्रा बढी भए उच्च रक्तचाप हुन सक्छ । मादक पदार्थ तथा मदिरा सेवन गर्नाले उच्च रक्तचाप हुन्छ ।

मुटु र रक्तनलीमा कडापन, शारीरिक र वातावरणीय दुष्प्रभावका कारणले पनि उच्च रक्तचाप हुन्छ । औद्योगिक तथा सहरी क्षेत्रको प्रदूषणको प्रभावका कारण पछिल्लो समय उच्च रक्तचापका बिरामी बढ्न थालेका छन् । जीवनशैलीको प्रभावका कारणले पनि अधिकांश मानिसमा उच्च रक्तचाप हुन थालेको छ ।

बच्ने उपाय 
- मानिसले हाल अपनाएको जीवनशैलीलाई परिमार्जन गरी सादा जीवनशैली अपनाउनुपर्छ । आफ्नो दैनिक खानपिनमा विशेष ध्यान दिनुपर्छ ।
- तनावबाट मुक्त हुने र ‘एक्सरसाइज’मा जोड गर्ने । धुमपान, सुरापान र मदिरापानबाट सधैँ टाढा रहनुपर्छ । खाने गरेको भए पनि विस्तारमा त्यसलाई छोड्दै जानु राम्रो मानिन्छ । 
- ठीक समयमा सुत्ने, उठ्ने र बिहानीको समयमा स्वच्छ हावामा हिँडडुल गर्ने बानीको विकास गर्नुपर्छ । 
- मन र सोचलाई जहिले पनि सकारात्मक र परिवर्तनशील बनाउनुपर्छ । जसका कारण मानिस स्वस्थ रहन्छ । 

ad
ad