१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रासस चितवन
२o८१ बैशाख २४ सोमबार १४:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चितवनका २३० जनामा स्क्रब टाइफस

Read Time : < 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:५८:oo

चितवनका विभिन्न अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये दुई सय ३० जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ। एक हजार आठ सय ७३ जनाको परीक्षणका क्रममा उनीहरूमा संक्रमण देखिएको हो।

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार संक्रमितमध्ये एक सय आठजना चितवनका रहेका छन्। जिल्लामा भरतपुर महानगरपालिकामा सबैभन्दा बढी ५५ जना संक्रमित भेटिएका केसीले जानकारी दिए। अन्य चितवनबाहिरका रहेका छन्।

गत आर्थिक वर्षमा तीन हजार दुई सय ८६ जनाको परीक्षणका क्रममा दुई सय ८६ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको कार्यालयले जनाएको छ। स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ।

स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, बान्ता, पेटदुखाइ र पखालाले सताउने, श्वास फेर्न समस्या हुने, टाउको, जोर्नी र मांसपेशी दुख्ने, बिबिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ।

यस्तै जिल्लाको विभिन्न अस्पतालमा उपचारका क्रममा आएका बिरामीमध्ये एक हजर एक सय ५५ जनामा डेंगु रोगको संक्रमण देखिएको छ। जसमध्ये सात सय ९९ जना चितवनका रहेका छन् भने एक सय ७७ जनाको ठेगाना पहिचान नभएको र दुई सय ९९ जना जिल्लाबाहिरका रहेका छन्। डेंगुका कारण चितवनमा दुईजनाको मृत्यु भएको छ। साउनयता पाँच हजार ६ सय ५५ जनाको परीक्षणका क्रममा उनीहरूमा डेंगु देखिएको हो।

ad
ad