१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १o:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लुक्ला एयरपोर्टमा एक्सरे मेसिन जडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:४४:oo

 पर्यटकीय सिजनमा व्यस्त रहने लुक्लाको तेन्जिङ हिलारी एयरपोर्टमा ब्यागेज स्क्यानिङ एक्सरे मेसिन जडान गरिएको छ । यसअघि सुरक्षाकर्मीले यात्रुको ब्याग हातले खोतलखातल गरी चेक गर्दै आएका थिए ।

एक्सरे मेसिन सञ्चालनमा आएपछि उडान सुरक्षा बढ्नुका साथै यात्रुको चेक–इन प्रक्रिया पनि सरल हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । लुक्ला सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा प्रवेश गर्ने ‘गेटवे’ हो । यो विमानस्थल सर्ट टेकअफ ल्यान्डिङ (स्टल) विमानस्थलमध्ये सबैभन्दा व्यस्तमा पर्छ । आरोहण र पदयात्राको सिजनमा लुक्ला विमानस्थल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा व्यस्तमध्येमा पर्ने बताइन्छ ।

अहिले दुर्गम ‘स्टल’ उडान गर्ने जहाज र हेलिकोप्टरहरू पदयात्री र आरोही बोक्न खुम्बु क्षेत्रमा केन्द्रित छन् । पर्यटकीय सिजनमा लुक्ला विमानस्थलमा जहाज र हेलिकोप्टर गरी सवा चार सयसम्म उडान–अवतरण भएको तथ्यांक छ । खासगरी वसन्त ऋतुमा सगरमाथा आरोहण बढी हुने हुँदा विमानस्थल पनि बढी व्यस्त हुने गर्छ ।

लुक्ला उडानका कारण काठमाडौंको त्रिभुवन विमानस्थलमा ट्राफिक अस्तव्यस्त बनेपछि लुक्ला उडानलाई रामेछाप विमानस्थलमा सारिएको छ । पछिल्लो समय खुम्बु क्षेत्रमा पदयात्रीहरू पनि उत्तिकै बढेका छन् ।  

ad
ad