१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ १४ सोमबार १o:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सहकारी काण्डमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ  ः कांग्रेस नेता लेखक

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १o:१५:oo

नेपाली कांग्रेसका नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री एकपछि अर्को सहकारी काण्डमा मुछिएको आरोप लगाएका छन् । सोमबार कञ्चनपुरको महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता लेखकले गृहमन्त्री रवि लामिछाने एकपछि अर्को सहकारी घोटाला काण्डमा मुछिएको आरोप लगाएका हुन् । प्रमुख प्रतिपक्षीय कांग्रेसका नेतासमेत रहेका लेखकले सहकारी घोटाला काण्डमा मुछिएका गृहमन्त्रीमाथि संसदीय टोली गठन गरेर छानबिन गर्नुपर्ने माग दोहोर्‍याएका छन् । 

लेखकले देशभरि सहकारीको अर्बौँ जनताको रकम अपचलनमा गृहमन्त्री लामिछानेको नाम मुछिँदासमेत सरकारले उनीमाथि छानबिन नगरेको दुःखेसो पोखे । ‘कांग्रेस संसदीय दलले संसदमा समेत सहकारी ठगी प्रकरण छानबिन गरेर दोषीउपर करबाहीमा माग अघि सार्दै आएको छ,’ लेखकले भने, ‘तर, सरकारले सहकारी ठगीमाथि छानबिन गर्न आलटाल गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समग्र सहकारी ठगी काण्ड छानबिन गर्ने बताएको विषय सकारात्मक भएको, तर रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई बचाएर अरूतिर मात्रै छानबिन गर्ने काम भए कांग्रेसलाई यो कुरा स्वीकार हुँदैन ।’

छानबिन गर्ने निकायकै प्रमुख व्यक्तिमाथि आरोप लाग्दासमेत उनले नैतिकताका आधारमा ठाउँ खाली छाड्नुपर्ने बताए । ‘हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौँ,’ उनले भने, ‘सहकारी ठगी काण्डमा छानबिन गरेर जो–जो दोषी भेटिए उनीहरूमाथि कानुनी कारबाही मात्रै कांग्रेसको माग हो ।’ 

कांग्रेस नेता लेखकले सरकारमा रहेका दलहरूबीचमै खटपट भएको बताउँदै एमालेभित्रै चरम असन्तुष्टि रहेको बताए । एमाले, कांग्रेसको सरकार बन्ने विषयमा ठोस कुराकानी नभएको बताए । मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको बताउँदै उनले समानुपातिक प्रणाली हटाउनेतर्फ लक्षित गरेर संविधान संशोधनको विषय अघि सारेका छन् । ‘हाम्रो स्रंविधान जारी भएको आठ वर्ष भयो, अब संविधानका राम्रा–नराम्रा पक्षको अध्ययन गर्नुपर्छ,’ उनले भने, ‘नराम्रा विषय संशोधन गरेर अघि बढ्नुपर्छ ।’ कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद लेखकले जिल्लाको विकास निर्माण समृद्धि एवं त्रिदेशीय नाका बनाउने विषयमा कुनै राजनीति गर्न नहुने बताए । 

ad
ad