१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
२o८१ जेठ १४ सोमबार १o:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

पक्षधरता होइन, स्वतन्त्रताको पक्षमा माल्दिभ्स

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १o:o६:oo

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको नेतृत्वमा रहेको पिपुल्स नेसनल कंग्रेस पार्टीले संसदीय चुनावमा ९३ सिटमध्ये ७१ सिट प्राप्त गर्दै ठूलो जित हासिल गर्‍यो । तर, नतिजाले भारतलाई माल्दिभ्सले नयाँदिल्लीबाट टाढिँदै गएकोमा चिन्तित बनाएको छ । चिनियाँ विश्लेषकले माल्दिभ्सको संसदीय चुनावको नतिजाले जनताको इच्छा प्रतिबिम्बित गरेको बताउँछन् । माल्दिभ्सका जनताले चीनतर्फ झुकाव नराख्ने, बरु उनीहरूले सरकारको स्वतन्त्र विदेश नीतिलाई समर्थन गरिरहेको दाबी गर्छन् । निःसन्देह माल्दिभ्सको संसदीय चुनाव माल्दिभ्सको आन्तरिक मामिला हो । चीनले माल्दिभ्सका जनताले गरेको छनोटको पूर्ण सम्मान गर्दछ । तर, यी निर्वाचनलाई लिएर केही शक्तिको नराम्रो नियत रहेको छ ।

केही पश्चिमी सञ्चारमाध्यमले चुनावलाई तथाकथित चीन–भारत भूराजनीतिक प्रतिद्वन्द्वीको परिणाम भएको दाबी गर्दै चुनावलाई सनसनीपूर्ण बनाउने मौका उठाएका थिए । यसबाहेक, चीनले माल्दिभ्सको संसदीय चुनावलाई चीन र अन्य देशबीचको भूराजनीतिक प्रतिस्पर्धाको रूपमा कहिल्यै नदेखे तापनि भारतका केही मानिसले माल्दिभ्सको चुनावलाई चीन र भारतबीचको ‘जिरो सम गेम’ (एउटा पक्षले हार्दा अर्को पक्षले जितेको अवस्था)को रूपमा हेर्दै मुइज्जु प्रशासनको तथाकथित चीन समर्थक र भारतविरोधी अडानप्रति चिन्तित छन् । केही भारतीय मिडिया आउटलेटले माल्दिभ्स ‘चीनतिर झुकेको र क्षेत्रीय शक्तिगृह र परम्परागत समर्थक तथा हितैषी मित्र भारतबाट टाढा रहेको’ दाबी पनि गरेका छन् ।

‘लाभकर्ता’को रूपमा भारतको स्वघोषित मनोवृत्तिले उसले दक्षिण एसियालाई आफ्नो ‘ आँगन’ मान्छ भनेर पूर्ण रूपमा देखाउँछ । सहयोगको सट्टा बहिष्कारको मानसिकता अपनाउँदै भारतले दक्षिण एसियाली देशहरूले अन्य शक्तिहरूसँग व्यापक सहयोगको विकास गरेकोमा सधैँ शंका गर्दै आएको छ । केही भारतीयले माल्दिभ्ससँगको चीनको सामान्य सहयोगलाई शीतयुद्धको मानसिकताका साथ हेर्छन्, जुन अस्वस्थ छ । भारतको नियन्त्रणबाट मुक्त भएर साँच्चै स्वतन्त्र राष्ट्र बन्ने माल्दिभ्सको छनोटले भारतको दक्षिण एसियाली आधिपत्यवादी मानसिकतालाई ठूलो धक्का दिएको छ । वास्तवमा, माल्दिभ्सको आन्तरिक मामिलामा नयाँदिल्लीको दीर्घकालीन दबाब र हस्तक्षेपले माल्दिभ्सका जनतामा भारतविरोधी भावना जगाएको हुनाले राष्ट्रपति मुइज्जुले गत वर्ष माल्दिभ्सको राष्ट्रपति चुनावमा आंशिक रूपमा जित हासिल गरे ।

सांघाई इन्स्टिच्युट फर इन्टरनेसनल स्टडिजको चीन–दक्षिण एसिया सहयोग अनुसन्धान केन्द्रका महासचिव लिउ जोंगीले माल्दिभ्सको संसदीय चुनावको नतिजाले माल्दिभ्सका जनता अब भारतको आदेशलाई पछ्याउन इच्छुक छैनन् बरु स्वतन्त्र परराष्ट्र नीति रोजेका छन् भन्ने पनि देखाएको बताए । माल्दिभ्सका जनताले तीव्र आर्थिक र सामाजिक विकासलाई प्राथमिकताका साथ छनोट गरेको पनि उनी बताउँछन् । हालैका वर्षमा माल्दिभ्ससँग चीनको आर्थिक सहयोगले माल्दिभ्सको विभिन्न पक्षमा उल्लेखनीय विकास गरेको छ । उदाहरणका लागि माल्दिभ्समा चीनको पूर्वाधार समृद्धिको प्रमुख परियोजना चाइना–माल्दिभ्स फ्रेन्डसिप ब्रिज दुई देशबीचको गहिरो मित्रताको प्रतीक हो । यो पुलले माल्दिभ्सका जनतालाई आफ्नो शताब्दी पुरानो सपना साकार पार्न मद्दत गरेको छ ।

भारतले लामो समयदेखि अन्य दक्षिण एसियाली देशप्रति अहंकारी मनोवृत्ति राखेको छ, जसले गर्दा भारत यस क्षेत्रमा बढ्दो अलोकप्रिय हुँदै गएको छ, सिङ्हुआ विश्वविद्यालयको राष्ट्रिय रणनीति संस्थानको अनुसन्धान विभागका निर्देशक कियान फेङले भने । 
– ग्लोबल टाइम्सबाट 

ad
ad