मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १५ शनिबार
  • Saturday, 13 September, 2025
२o७९ असोज १५ शनिबार १९:o७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बेलायतको रेल सेवामा आन्दोलन, सेवा प्रभावित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १५ शनिबार १९:o७:oo

बेलायतको रेल सेवा प्रभावित भएको छ। पछिल्लो २४ घन्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो। 

रेल सेवामा कार्यरत कर्मचारीले यसभन्दा अगाडि नै आन्दोलन गर्ने तयारी गरे पनि बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकाले रोकिएको थियो। उनीहरूले अहिले महारानीको शोक अवधि सकिएपछि आन्दोलन सुरु गरेका हुन्।

रेल सेवाका कर्मचारीका चार संगठनले महारानीको शोकका कारण केही समय आन्दोलन स्थगित गरेका थिए ।

उनीहरूले बजार मूल्यअनुसार आफूहरूको तलबसहितका सेवा सुविधा वृद्धि नगरिएको भन्दै आन्दोलन सुरु गरेका हुन्।

उनीहरूले यसअघि पनि आफूहरूको पारिश्रमिक वृद्धि गर्न पटकपटक माग गर्दै आएको, तर व्यवस्थापनले बेवास्ता गरेकाले अप्रिय र कठोर आन्दोलनमा उत्रिनुपरेको बताएका छन्।

अहिलेको आन्दोलन एक दशकयताकै सबैभन्दा ठूलो रहेको र यसले धेरै क्षेत्रलाई प्रभावित पारेको बताइएको छ।

आन्दोलनका कारण विभिन्न क्षेत्रमा असर परेकोप्रति आन्दोलनकारीले भने दुःख व्यक्त गर्दै आफूहरूको बाध्यतालाई बुझिदिन आग्रह गरेका छन्।