मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १५ शनिबार
  • Saturday, 12 July, 2025
रासस वासिङ्टन
२o७९ असोज १५ शनिबार १४:३४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इरानमा सरकार विरोधी प्रदर्शनमा १९ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, वासिङ्टन
नयाँ पत्रिका
२o७९ असोज १५ शनिबार १४:३४:oo

इरानमा एक २२ वर्षीय युवकको मृत्युलाई लिएर देशमा शुरु भएको सरकार विरोधी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीचको भएको घातक झडपमा शुक्रबार १९ जनाको मृत्यु भएको छ।

कुर्दिश महिला, महसा अमिनी अनुचित पोशाक लगाएको आरोपमा उनको गिरफ्तारपछि प्रहरी हिरासतमा मृत्यु भएको थियो। इरानको सरकारी समाचार एजेन्सी इरनाले सिस्तान र बलुचिस्तानका प्रान्तीय गभर्नर होसेन मोदार्रेस खियाबानीलाई उद्धृत गर्दै  उक्त भिडन्तमा १९ जनाको मृत्यु भएको र २० जना घाइते भएको बताएको छ। इरानी प्रदर्शनकारी र प्रहरीबीच दक्षिणपूर्वी इरानमा हिंसात्मक झडप भएको हो।

इरानको सुन्नी अल्पसंख्यकका उपासकहरूले सिस्तान र बलुचिस्तान प्रान्तको राजधानी जाहेदानमा रहेको मक्की ग्रान्ड मस्जिदमा शुक्रबारको प्रार्थना छोड्दा भिडन्त भएको भ्वाइस अफ अमेरिकाले उल्लेख गरेको छ।

मस्जिदभित्रबाट खिचिएको एउटा भिडियोमा उपासकहरू बाहिर निस्किँदै गर्दा बाहिर बन्दुक पड्किएको आवाज सुनिएपछि  भागदौड मच्चिएको थियो।