नवलपुरको जंगलमा भेटियो मानव कंकाल

बिहिबार, १३ असोज, २०७९
डिजिटल संस्करण

पूर्वी नवलपरासीको देवचुली नगरपालिका- १० को जंगलमा मानव कंकाल भेटिएको छ। गाउँदेखि केही परको जंगलमा पुरुषको जस्तो देखिने मानव कंकाल फेला परेको हो। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार देवचुली नगरपालिका वडा नं. १० नजिकैको जंगलमा बिहीबार दिउँसो मानव कंकाल भेटिएको हो। 

उक्त मानव कंकाल पुरुषको जस्तो देखिएको र थप अनुसन्धानका लागि शव मध्यबिन्दु जिल्ला अस्पताल ल्याइएको तिवारीले बताए।

सुझावित समाचार