१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १३ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १३ बिहीबार १७:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एपिएफ र एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १३ बिहीबार १७:२४:oo

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी)बीच भएको छैटौँ समन्वयात्मक बैठक बिहीबार सम्पन्न भएको छ। असोज ११ गतेबाट सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा सुरु भएको बैठकको सम्झौतापत्रमा बिहीबार हस्ताक्षर भएको छ।

बैठकमा एपिएफका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा एसएसबीका तर्फबाट महानिर्देशक सुजयलाल थाओसेनले नेतृत्व गरेका थिए। बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदानप्रदान गर्ने सहमति भएको छ।

यसका साथै सीमानाकामा हेल्प डेस्क स्थापना गर्ने कार्यलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा प्रभावकारी कार्य गर्ने सहमति भएको बताइएको छ। बैठकमा सीमापार अपराध नियन्त्रणका लागि दुई देशभित्र सूचना संयन्त्र बनाउने सहमति भएको छ।