मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ ३१ शुक्रबार
  • Monday, 14 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ३१ शुक्रबार १५:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भोलि राति १२ बजेदेखि प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ३१ शुक्रबार १५:४५:oo

सरकारले भोलि राति १२ बजेदेखि प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा बर्खे अधिवेशन अन्त्य गर्नेबारे छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन्।

संसद् अधिवेशनको अन्त्य र आह्वान मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ। अधिवेशन अन्त्य गर्न सरकारले आजै राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ।

यसअघि संसद्काे कार्यकाल बढाउने गरी सरकारले विधेयक ल्याएपछि निर्वाचन आयाेगले आपत्ति जनाएकाे थियाे। गत मंगलबार आयोगले प्रतिनिधिसभाको कार्यकाल १ असोजसम्म मात्रै कायम हुने गरी संघीय संसद् सचिवालयलाई पत्र पठाएको थियो।