सत्ता–प्रतिपक्ष किचलोले चोलेन्द्रको बयान सुरु हुन सकेन

शुक्रबार, ३१ भदौ, २०७९
डिजिटल संस्करण

सत्तापक्ष–प्रतिपक्षबीचको किचलोले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान सुरु हुन सकेको छैन । महाभियोग समितिले उनलाई आज बिहान ९ बजे नै बयानका लागि बोलाएको भए पनि बयान सुरु भएको छैन । 

समितिमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू विभाजित देखिएका छन् । सत्तापक्षले सीधै चोलेन्द्रसँग पूरक प्रश्न सोध्ने तयारी गरेको छ । समितिमा रहेका प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले पहिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रले दिएको बयानको भर्बेटिङ (टिपोर्ट) मा उनी र समितिमा रहेका सांसदको हस्ताक्षर गरेपछि मात्रै पूरक बयान अघि बढाउनुपर्ने अडान लिएको छ । 

एमाले सांसद विष्णु पौडेलले टिपोर्टमा धेरै विषय छुटाइएकाले पहिले बयानको आधारमा भर्बेटिङ तयार गरी त्यसमा हस्ताक्षर गरेर मात्र अघि बढ्नुपर्ने अडान व्यक्त गरेका छन् । सत्तापक्षका सांसदहरूले पनि समय अभाव रहेकाले पूरक प्रश्नमा जानुपर्ने बताइरहेका छन् । 
 

सुझावित समाचार