१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार २२:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ओलीले भने– मैले अँगालो हालेँ, प्रचण्डले छुरी हाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २२:४o:oo

एमाले अध्यक्ष केपी ओलीले तत्कालीन नेकपा एकतापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासघात गर्दा पार्टी फुटेको दाबी गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चितवन जिल्ला सहइन्चार्ज यामबहादुर परियारसहितको टोलीलाई बिहीबार पार्टी प्रवेश गराउँदै प्रचण्डले लुकेर छुरा हानेको आरोप लगाए । 
‘मैले आउनुस् मित्र, एकीकृत पार्टी बनाऔँ । बलियो कम्युनिस्ट पार्टी बनाऔँ, समाजवादतर्फ एकताबद्ध भएर अगाडि बढौँ भनेर अध्यक्ष बनाएर सम्मानपूर्वक सिटको छेउमा राखेँ, हात मिलाएर अँगालो पनि हालेँ,’ ओलीले भने, ‘तर, प्रचण्ड हात लुकाइलुकाई हिँड्थे । म अलिअलि होसियार त थिएँ । नभन्दै मैले अँगालो हालेँ, प्रचण्डले छुरी हाने ।’ 

अध्यक्ष बनाउने प्रतिबद्धतासहित महाधिवेशनसम्म धैर्य गर्न आग्रह गरे पनि विश्वासघात गरेर प्रचण्डले आफूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेर समाप्त पार्न खोजेको ओलीको आरोप थियो । आफूलाई पार्टीबाट निकालेर कारबाही गरेकोमा प्रचण्डले गर्व गरेको भन्दै ओलीले उनी विषालु सर्पका रूपमा प्रकट भएको आरोप थियो । 

कार्यक्रममा उनले अहिले देशव्यापी एमाले प्रवेशको लहर चलेको दाबी गर्दै कम्तीमा ५० लाख भोट पुर्‍याउने गरी चुनावी अभियान केन्द्रित गर्न पार्टीपंक्तिलाई निर्देशनसमेत दिए । 

ad
ad