१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तस्बिर : सभामुख सापकोटाको फेसबुक पेजबाट
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २७ सोमबार १५:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा, सभामुखसँग आज भेटवार्ता, शीर्ष नेतासँग भोलि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २७ सोमबार १५:५८:००

चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली झाङ्सु काठमाडौं आइपुगेका छन्। सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा अध्यक्ष लीसहित उच्च चिनियाँ अधिकारीहरू काठमाडौं आइपुगेका हुन्। अध्यक्ष लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले स्वागत गरेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङले ०७६ असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण गरेपछिको यो सबैभन्दा उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल हो।

नेपालमा संसदीय र प्रादेशिक निर्वाचन घोषणापछि भ्रमण गर्ने ली पहिलो र सबैभन्दा उच्च चिनियाँ नेता हुन्। परराष्ट्र मन्त्रालयका अनुसार आज अपराह्न ५ बजे सभामुख सापकोटासँग अध्यक्ष लीले प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। अध्यक्ष ली र प्रतिनिधिमण्डलको सम्मानमा सभामुख सापकोटाले साँझ ७ः३० बजे रात्रिभोज आयोजना गरेका छन्। सभामुख सापकोटासँगको भेटमा दुवै देशको संसदबीच अनुभव आदान–प्रदानलगायतका विषयमा छलफल हुने भएको छ।

संसद् सचिवालयका अनुसार भ्रमणमा संसदीय अनुभव साटासाट र प्राविधिक सहयोगसम्बन्धी पत्रमा हस्ताक्षर हुनेछ। संसद्को प्रभावकारिता र रचनात्मक विकासका लागि पनि थप चिनियाँ सहयोगको घोषणा हुने कार्यक्रम छ।

अध्यक्ष लीले २८ भदौमा प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेतासँग भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लीको सोही दिन बेग्लाबेग्लै भेटवार्ता हुने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ। अध्यक्ष लीले सोही दिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नेछन्।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले पनि २८ भदौमा अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। अध्यक्ष लीले भ्रमणको अन्तिम दिन २९ भदौमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्। सोही दिन साँझ ली दक्षिण कोरियाको औपचारिक भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम छ।