Skip This
‘अमेरिकी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o८:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘अमेरिकी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:२o:oo

अमेरिकन व्यवसायीहरूको नेतृत्वदायी संस्था युएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कश्यपले धेरै अमेरिकी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।

लगानी सम्मेलनमा सहभागी हुन अमेरिकी निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौं आएका उनले शुक्रबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा नेपालमै रहेको बहुराष्ट्रिय कम्पनी कोकाकोलाले ठूलो लगानी बढाउने तयारी गरेको बताए ।

सूचना प्रविधि क्षेत्र र अन्तर्राष्ट्रियस्तरको फनपार्कमा ठूलो लगानी गर्न अमेरिकी कम्पनीहरू इच्छुक रहेको कश्यपले बताए । ‘कोकाकोलाले धेरै ठूलो स्तरमा लगानी विस्तार गर्दै छ,’ उनले भने, ‘अन्तर्राष्ट्रियस्तरको फनपार्क र सूचना प्रविधिको क्षेत्रमा पनि लगानी गर्न इच्छुक छौँ ।’  

अर्थमन्त्री पुनले नेपालमा अन्तर्राष्ट्रिय लगानी भिœयाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताए । देशबाहिरको लगानी ल्याउने र देशभित्रका लगानीकर्तालाई पनि प्रोत्साहित गर्ने सरकारको मुख्य ध्येय रहेको पनि उनले बताए ।  

श्रीलंका र मालदिभ्सका लागि अमेरिकी पूर्वराजदूत तथा भारतका लागि अमेरिकी नियोग उपप्रमुखको भूमिका निर्वाह गरिसकेका अमेरिकाका पूर्वकूटनीतिज्ञ कश्यप यतिवेला युएस चेम्बर अफ कमर्समार्फत सक्रिय छन् ।

ad
ad