१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आज आउँदै चिनियाँ जनकंग्रेसका अध्यक्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:१८:oo

उच्च राजनीतिक नेतृत्वसँग भेट गर्ने

चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली झाङ्सु तीनदिने नेपाल भ्रमणका लागि सोमबार अपराह्न काठमाडौं आउँदै छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा अध्यक्ष लीसहित उच्च चिनियाँ अधिकारी आउन लागेका हुन् । नेपालमा संसदीय र प्रादेशिक निर्वाचन घोषणापछि भ्रमण गर्ने उनी पहिलो चिनियाँ उच्च अधिकारी हुन् । 

एक साताअघि उनको भ्रमण सार्वजनिक भएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार सोमबारै सभामुख सापकोटासँग अध्यक्ष लीले प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रमा छ । अध्यक्ष ली र प्रतिनिधिमण्डलको सम्मानमा सभामुख सापकोटाले सोमबार रात्रिभोज आयोजना गरेका छन् । सापकोटासँगको भेटमा दुवै देशको संसद्बीच अनुभव आदान–प्रदानलगायत विषयमा छलफल हुने भएको छ ।

संसद् सचिवालयका अनुसार भ्रमणमा संसदीय अनुभव साटासाट र प्राविधिक सहयोगसम्बन्धी पत्रमा हस्ताक्षर हुनेछ । संसद्को प्रभावकारिता र रचनात्मक विकासका लागि पनि थप चिनियाँ सहयोगको घोषणा हुने कार्यक्रम छ ।

अध्यक्ष लीले २८ भदौमा प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लीको सोही दिन बेग्लाबेग्लै भेटवार्ता हुने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । अध्यक्ष लीले सोही दिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नेछन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काले २८ भदौमा अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । 

अध्यक्ष लीले भ्रमणको अन्तिम दिन २९ भदौमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सोही दिन साँझ ली दक्षिण कोरियाको औपचारिक भ्रमणका लागि प्रस्थान गर्नेछन् ।

ad
ad