१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २६ आइतबार ०५:५६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चिनियाँ जनकंग्रेसका अध्यक्ष चारदिने भ्रमणमा सोमबार काठमाडौं आउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २६ आइतबार ०५:५६:००

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष ली चाङसु सोमबार नेपाल भ्रमणमा आउँदै छन् । चारदिने नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष लीले उच्चस्तरीय भेटघाट गर्ने कार्यसूची छ । 

राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष ली र सभामुख सापकोटाबीच गत २४ चैतमा भएको भर्चुअल संवादमा आपसमा अनुकूल समयमा भ्रमण गर्ने निम्तो आदानप्रदान गरेका थिए । दुवै मुलुकका विधायिकीबीच यस्ता भ्रमण र विचार आदानप्रदानले थप घनीभूत सम्बन्ध स्थापना हुने उनीहरूको निष्कर्ष थियो । सभामुख सापकोटाको निमन्त्रणाअनुसार परराष्ट्र मन्त्रालयले भ्रमणको प्रक्रिया सुरु गरेको थियो ।

भ्रमणका क्रममा सभामुख सापकोटा र लीबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत छ । संसद् सचिवालयका अनुसार भ्रमणमा संसदीय अनुभव साटासाट र प्राविधिक सहयोगसम्बन्धी पत्रमा हस्ताक्षर हुनेछ । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भ्रमणमा दुई देशका सभामुखबीच द्विपक्षीय वार्ता, छलफल हुने र त्यहीँबाट सम्झौताको निष्कर्ष निकालिने बताए । परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको र टेबुल वार्तामै सम्झौता हुने पाण्डेले बताए । त्यस्तै, संसद्को प्रभावकारिता र रचनात्मक विकासका लागि पनि थप चिनियाँ सहयोगको घोषणा हुनेछ । 

भ्रमणमा लीले समकक्षी सापकोटाबाहेक प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेटवार्ता गर्ने कार्यक्रम छ । २८ भदौको बिहान शिष्टाचार भेट हुने राष्ट्रिय सभा सचिव राजेन्द्र फँुयालले जानकारी दिए ।

गत चैतमा भएको भर्चुअल संवादमा सभामुख सापकोटाले तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थित र सहज ढंगले सुचारु गर्न चिनियाँ पक्षसँग आग्रह गरेका थिए । कोभिडपछि सीमित परिमाणमा आयात–निर्यात भइरहेको भन्दै नाका सहज ढंगले सुचारु गर्न सापकोटाको आग्रह थियो । 

संवादमा अध्यक्ष लीले खासा, केरुङलगायतबाट हुने व्यापार तथा आवतजावतलाई सुलभ तुल्याइने र नेपालको खेलकुद तथा शिक्षाको विकासमा चीनले योगदान दिने बताएका थिए ।