
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सुबीच भेटवार्ता भएको छ।
प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल र ली नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच नयाँ बानेश्वरस्थित संसद् भवनमा शिष्टाचार भेटवार्ता भएको हो। भेटमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरू राम कार्की र रमेश मल्ल पनि सहभागी थिए।
भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोबारे छलफल भएको जनाइएको छ। यसअघि लीले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए।