Skip This
पोखरामा एसियन ट्रायथोलन आजदेखि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार o८:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पोखरामा एसियन ट्रायथोलन आजदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:o८:oo

पोखरामा शनिबार र आइतबार एसियन ट्रायथोलन कप तथा साउथ एसियन च्याम्पियसिप हुँदै छ । आयोजक नेपाल ट्रायथोलन संघले पुरुष र पुरुष च्याम्पियनसिपको तयारी पूरा भएको शुक्रबार जनाएको छ ।

कास्की जिल्ला ट्रायथोलन संघका अध्यक्ष र प्रतियोगिता व्यवस्थापन कमिटीका संयोजक डिल्लीराज सुवेदीले प्रतियोगितामा १५ राष्ट्रले भाग लिने जानकारी दिए । उनका अनुसार ३८ पुरुष र २४ महिलाले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालसँगै अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्युजिल्यान्ड, लक्जम्बर्ग, जापान, भारत, मोरिसस, काजाकास्तान, बंगलादेश र उज्वेकिस्तानका खेलाडी सहभागी हुँदै छन् । नेपालका चार महिला र पाँच पुरुषले भाग लिने सुवेदीले बताए । 

महिलामा पुष्पा रोकाया, शोभा बलामी, श्रेवी महर्जन र ज्ञानुकुमारी चौधरी रहेका छन् । पुरुषतर्फ विपान खत्कत्वा, मुकेश थारू, प्रबिन थारू, यजु महर्जन र मौलिक महर्जन सहभागी हुँदै छन् । ट्रायथोलनको स्प्रिन्ट विधाअन्तर्गत फेवातालमा सात सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड हुनेछ । पौडी फेवातालमा हुनेछ । 

ad
ad