मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ २३ बिहीबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २३ बिहीबार १६:४५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से सामान्य अंकले गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २३ बिहीबार १६:४५:oo

बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से २.१३ अंकले घटेर एक हजार नाै सय ३७.७४ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.५४ र फ्लोट इन्डेक्स ०.०८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०२ अंकले बढेको छ।

बिहीबार कारोबारमा आएका दुई सय २७ कम्पनीको ३४ लाख एक हजार कित्ता सेयर एक अर्ब चार करोड ४४ लाख ४० हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकम भने बढेको छ। बुधबार ८२ करोडभन्दा केही माथिको मात्रै कारोबार भएको थियो।

आज १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी सात उपसमूहको परिसूचक घटेको छ। जसमा वित्त उपसमूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक १.०८ प्रतिशत बढेको छ। यता अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै १.३३ प्रतिशत घटेको छ।

नेप्सेमा सामान्य गिरावट आए पनि ग्लोबल आइएमई लघुवित्त र मल्टिपर्पस फाइनान्स कम्पनीको सेयरमूल्य चार प्रतिशतभन्दा धेरैले बढेको छ। सामुदायिक लघुवित्तको सेयरमूल्य साढे ६ प्रतिशत घटेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सको  १३ करोड १० लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।