मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ २० सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २० सोमबार १७:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विमानस्थलको भिआइपी कक्षबाट भगाइएका आलम जेल चलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २० सोमबार १७:४१:oo

दुबईबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षबाट भगाइएका रिजवान आलम जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले सोमबार उनलाई पुर्पक्षका लागि जेलमा थुनामा राख्न आदेश दिएको हो।

एक करोड ६८ लाख रुपैयाँ ठगीको मुद्दामा फरार रहेका आलमलाई आइतबार प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो। बयान सकिएपछि सोमबार जिल्ला न्यायाधीश प्रकाशराज पण्डितको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। ठगीसम्बन्धी मुद्दामा सात वर्षसम्म कैद सजाय हुन सक्ने भएकाले अदालतले उनलाई थुनामा पठाएको हो।

गत शुक्रबार बिहान उनी दुबईबाट आउन लागेका अरब पार्लियामेन्टका उपाध्यक्षसँगै अनाधिकृत रूपमा विमानस्थलको भिआइपी कक्षमा पुगेका थिए। उनको पासपोर्ट कालोसूचीमा रहेकाे खुलेपछि अध्यागमन कार्यालयले उनलाई उपस्थित गराइदिन भनेकोमा लिन गएका मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफ्नो गाडीमा राखेर होटेल पुर्याएका थिए। शुक्रबार बेलुका उनलाई प्रहरीले मेरियट होटेलबाट पक्राउ गरेको थियो।

गत वैशाखमा उनीविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। दाउद हुसेनका छोरालाई दुबईमा पाइलट पढाइदिने भन्दै उनले एक करोड ६८ लाख रुपैयाँ ठगी गरेका थिए। हाल पक्राउ परेपछि हुसेनलाई पैसा फिर्ता गरेर मुद्दा मिलाउने प्रयास गरे पनि कानुनी प्रक्रियामा उनी जेल चलान भएका हुन्। यो ठगीको मुद्दामा उनका बुबा–आमासहित १० जनालाई प्रहरीले प्रतिवादी बनाएको छ।