१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार ११:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

यस्तो छ जबरालाई समितिले सोध्ने सम्भावित प्रश्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:१६:oo

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज बयान लिँदै छ।

समितिलाई बयान दिन जबरा अहिले प्रहरी स्कर्टिङमा निजी गाडी चढेर सिंहदरबार पुगेका छन्। जबरालाई सोध्ने प्रश्नावली समितिले तयार गरिसकेको छ । उनलाई समितिले सोध्ने सम्भावित प्रश्न यस्तो छ :

- प्रधानन्यायाधीश पदको संवैधानिक जिम्मेवारीलाई आफ्नो निजी सम्पत्तिसरह स्वेच्छाचारी ढंगले देखादेखी दुरुपयोग गरी आफूलाई असक्षम साबित गर्नुभयो, तपाईंको प्रवेशले अदालत चल्न सक्छ ?

- काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलको ‘घुस डिल’को फोन रेकर्डिङमा तपाईंको पनि नाम मुछिएको छ । पोखरेलसँग आर्थिक अनियमितता गर्ने उद्देश्यले विभिन्न मुद्दामा पटक–पटक सम्पर्क गरिएको कुरा पनि आएको छ । यसमा तपाईंको संलग्नता छ ?

- पदको दुरुपयोग गरी विभिन्न मुद्दामा भाइ प्रभुशमशेर जबरा र परिवारका अन्य सदस्यलाई बिचौलियाका रूपमा खटाएर चलखेल गरेको हो कि होइन ?

- अदालतमा गैरकानुनी रूपमा आर्जन गरेको कालोधन परिवारका सदस्यको नाममा राखेको हो कि होइन ? यसमा जाँच किन गर्न नपर्ने ?

- सर्वोच्च अदालतको भवन निर्माण ठेक्का अनियमिततामा तपाईंको संलग्नता छ कि छैन ? हस्तक्षेप किन गरेको ?

- योग्यता नपुगेको व्यक्तिलाई न्यायाधीश नियुक्त गरेको हो कि होइन ? सरुवा–बढुवामा पनि पदीय दुरुपयोग गरेको हो कि होइन ?

- सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र उच्च अदालत जुम्लाका न्यायाधीश नवराज थपलियाबाट अमुक मुद्दामा स्वार्थकेन्द्रित फैसला गराउन लगाएको हो कि होइन ?

- न्यायपालिका प्रमुख भएर विनाऔचित्य मध्यरातमा कार्यपालिका प्रमुखनिवासमा पटक–पटक भेटघाट, सम्पर्क बढाई असंवैधानिक तथा अनुचित कार्य गरी शक्ति पृथकीकरणको सिद्धान्तलाई धुमिल पारेको हो कि होइन ?

- संवैधानिक नियुक्ति र मन्त्रिमण्डलमा भाग लिएको हो कि होइन ? संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा किन अवरोध गर्नुभयो ?

- श्रीमती हत्याजस्तो जघन्य अपराध गरेका पूर्वडिआइजी रञ्जनप्रसाद कोइरालाको मुद्दामा सजाय घटाउने फैसला न्यायको विचलन हो कि होइन ?

- प्रधानन्यायाधीश पदमा बसेर कुनै अमुक मुद्दामा टेलिभिजनमा अन्तर्वार्ता दिनु न्यायाधीशको आचारसंहिताविपरीतको क्रियाकलाप हो कि होइन ?

- न्यायालय सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्न किन मान्नुभएन ?

ad
ad