१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १६:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कुटपिटबाट वृद्धको मृत्यु, आराेपितलाई प्रहरीले भगाएकाे भन्दै स्थानीयद्वारा चक्काजाम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:२५:oo

रौतहटको चन्द्रपुरमा २३ वर्षीय युवकको कुटपिटका कारण ७७ वर्षीय वृद्धको ज्यान गएपछि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन्। चन्द्रपुर नगरपालिका– ४ निवासी रामगोपाल घिमिरेलाई वडा नम्बर ५ का अजय चौधरीले कुटपिट गरेका थिए। उनको उपचारका क्रममा आइतबार बिहान काठमाडौंस्थित टिचिङ अस्पतालमा मृत्यु भएको थियो।

एक हप्ता पहिला चौधरीले वृद्ध घिमिरेलाई लाठीले मरणासन्न हुने गरी कुटपिट गरेका थिए। जाहेरी दिँदासमेत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ नगरी आरोपितलाई भगाउन सहयोग गरेको भन्दै स्थानीयले टायर बालेर चन्द्रनिगाहपुरमा सडक चक्काजाम गरेका छन्।

पीडित परिवारका अनुसार गत शनिबार साँझ एक्कासि चौधरीले लठ्ठी तथा मुड्कीले अन्धाधुन्ध कुटपिट गरेका थिए। कुटपिटपछि घाइते भएका घिमिरेलाई स्थानीयले उद्धार गरी चन्द्रपुर– ४ स्थित सिभिल अस्पतालमा उपचारका लागि लगेका थिए। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि घिमिरेलाई काठमाडौंको टिचिङ अस्पताल भर्ना गरिएको थियो। उनको ढाड, कम्मर, तिघ्रा, खुट्टा, हात तथा अनुहारमा देखिने गरी चोटपटक लागेको थियो।

कुटाइका कारण घिमिरेको शरीरका विभिन्न भागहरूमा निलडाम बसेको थियो। चौधरीले पैनीमा पर्खाल बनाउने वेलाको पुरानो रिसिइबीका कारण आक्रमण गरेको पीडित परिवारको आरोप छ। घिमिरेको मृत्युपछि आइतबार बिहान प्रहरीले आरोपित चौधरीका आमा, बाबु र दिदीबहिनीलाई नियन्त्रणमा लिएको छ। मुख्य आरोपित चौधरी भने अहिले फरार छन्। 

चौधरीको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रनाउ सन्तुप्रसाद जैसवारको भनाइ छ। स्थानीय विष्णु उप्रेतीका अनुसार प्रहरीले राजनीतिक दबाबका कारण चौधरीलाई पक्राउ नगर्दा आफूहरुले बाध्य भएर चक्का जाम गरेको बताए।

ad
ad