१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १६:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

माइक्रोको ठक्करबाट घाइते गाउँपालिका पूर्वअध्यक्ष राईको अवस्था चिन्ताजनक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १६:o४:oo

खोटाङको जन्तेढुंगा गाउँपालिकाका पूर्वअध्यक्ष एवं नेकपा (एमाले) खोटाङका जिल्ला सचिवालय समिति सदस्य शंखरबहादुर राई सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका छन्। इटहरीबाट मोटरसाइकल चढेर विराटनगरतर्फ जाने क्रममा हलगडा चोकमा पछाडिबाट आएको माइक्रो बसले बिहीबार बेलुका ठक्कर दिँदा पूर्वप्रमुख राई गम्भीर घाइते भएका हुन्।

पछाडिबाट आएको माइक्रोले ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेका राई उछिट्टिएर सडकमा पछारिएका थिए। उनको टाउकोको देब्रेपट्टिको भित्री भागमा गम्भीर चोट लागेको जनाइएको छ। गम्भीर घाइतेको राईको अहिले विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको आफन्तले बताएका छन्।

दुर्घटनापछि बिहीबार राति टाउकाको शल्यक्रिया गरिएका राईको अहिले भेन्टिलेटरमा राखेर थप उपचार भइरहेको छ। दुर्घटनास्थलमै बेहोस भएका उनको अवस्था चिन्ताजनक रहेको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले जानकारी दिए।

घाइते राईलाई भेट्न एमाले पोलिटब्युरो सदस्य एवं संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेताहरू विराटनगर पुगेका छन्। ‘शंखरजीको अवस्था चिन्ताजनक देखियो,’ भेटपछि प्रमुख सचेतक भट्टराईले टेलिफोनमा भने।

राई सवार मोटरसाइकलका चालक युवा संघ जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष चासुमहाङ राई पनि घाइते भएका छन्। देब्रे पातामा चोट लागेका चासुमहाङको अवस्था भने खतरामुक्त रहेको जनाइएको छ।

दुर्घटनालगत्तै माइक्रो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीव्रगतिमा पछाडिबाट आएको माइक्रोले ठक्कर दिँदा मोटरसाइकल र घाइते राईद्वय दुर्घटनास्थलबाट करिब ५० मिटर पर उछिट्टिएका प्रत्यक्षदर्शीले बताएका छन्।

ad
ad