Skip This
पार्टी एकता संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ १ बुधबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ भदौ १ बुधबार १८:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पार्टी एकता संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ भदौ १ बुधबार १८:५८:oo

नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। 

बैठकपछि पार्टीका उपमहासचिव डा.गंगालाल तुलाधरले वामहरूको बीचमा एकताको पहल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बाट सुरु हुने बताए। उनले दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरूमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय भएको बताए। 

डा.तुलाधरले समितिमा पार्टीका शीर्ष नेताहरू अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरू रहनुपर्ने सुझाब दिएको बताए। उनले बैठकले पार्टीको केन्द्रीय सदस्यको कार्य विभाजनमा पनि हेरफेर गरेको पनि बताए।