विभाजनपछि जसपाको राजनीतिक समितिको पहिलो बैठक बस्यो

बुधबार, १ भदौ, २०७९
डिजिटल संस्करण

विभाजनपछि पहिलोपटक जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठक सुरु भएको छ। बालकुमारीमा सुरु भएको बैठकमा आगामी चुनाव, संगठन विस्तारलगायतका विषयमा छलफल भइरहेको जसपाका प्रमुख सचेतक प्रमोद शाहले जानकारी दिए । 

प्रतिनिधिसभा र प्रदेश सभाको उम्मेदवारका मापदण्डका विषयमा पनि बैठक केन्द्रित भइरहेको बताइएको छ । यो बैठक बस्नुअघि आजै कार्यकारिणी समितिको बैठकसमेत बसेको थियो ।

See More On

सुझावित समाचार