१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २५ बुधबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २५ बुधबार १८:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१८ जनाबाट आँखाका ३५ नानी संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २५ बुधबार १८:३७:oo

भरतपुर आँखा अस्पतालले १८ जनाबाट ३५ वटा आँखाको नानी संकलन गरेको छ । नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा स्थापना गरिएको भीमराज उषामाया पाठक आँखा बैंकमार्फत आँखाको नानी संकलन गरिएको हो । 
अस्पतालले ०७४ बाट आँखाको नानी संकलन तथा प्रत्यारोपण सुरु गरेको हो । कार्यक्रम हेर्दै आएकी छाया श्रेष्ठका अनुसार हालसम्म ११४ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ । उनले ८४१ जनाले मरणोपरान्त आँखा दान गरेको जानकारी दिइन् ।
विगतमा कोरोनाका कारण नानी संकलन कार्य प्रभावित भए पनि पछिल्ला दिन धेरै नानी संकलन हुन थालेको उनले बताइन् । संकलित नानी ४५ वर्षदेखि ९९ वर्ष उमेर समूहको रहेका छन् ।
अस्पतालमा कर्निया रोग विशेषज्ञ डा. पुष्पा गिरीको नेतृत्वको टिमले आँखाको नानी प्रत्यारोपण गर्दै आएको छ । गिरीका अनुसार मानिसको मृत्यु भएको आठ घण्टाभित्र आँखाको नानी संकलन गर्न सकिन्छ । 
यहाँ संकलन गरिएको नानी नेपाल आँखा बैंक तिलगंगा काठमाडौं पठाउने गरिएको छ । तिलगंगामा नानीलाई प्रशोधन गरेपछि मात्रै प्रत्यारोपण गर्न मिल्ने उनले बताए ।