भरतपुर आँखा अस्पतालले १८ जनाबाट ३५ वटा आँखाको नानी संकलन गरेको छ । नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा स्थापना गरिएको भीमराज उषामाया पाठक आँखा बैंकमार्फत आँखाको नानी संकलन गरिएको हो ।
अस्पतालले ०७४ बाट आँखाको नानी संकलन तथा प्रत्यारोपण सुरु गरेको हो । कार्यक्रम हेर्दै आएकी छाया श्रेष्ठका अनुसार हालसम्म ११४ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ । उनले ८४१ जनाले मरणोपरान्त आँखा दान गरेको जानकारी दिइन् ।
विगतमा कोरोनाका कारण नानी संकलन कार्य प्रभावित भए पनि पछिल्ला दिन धेरै नानी संकलन हुन थालेको उनले बताइन् । संकलित नानी ४५ वर्षदेखि ९९ वर्ष उमेर समूहको रहेका छन् ।
अस्पतालमा कर्निया रोग विशेषज्ञ डा. पुष्पा गिरीको नेतृत्वको टिमले आँखाको नानी प्रत्यारोपण गर्दै आएको छ । गिरीका अनुसार मानिसको मृत्यु भएको आठ घण्टाभित्र आँखाको नानी संकलन गर्न सकिन्छ ।
यहाँ संकलन गरिएको नानी नेपाल आँखा बैंक तिलगंगा काठमाडौं पठाउने गरिएको छ । तिलगंगामा नानीलाई प्रशोधन गरेपछि मात्रै प्रत्यारोपण गर्न मिल्ने उनले बताए ।
१८ जनाबाट आँखाका ३५ नानी संकलन
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
आइतबार १० बजेसम्मका प्रमुख १० खबर
तातोपानी नाका आजदेखि तीन दिन खुला चीनसँगको तातोपानी नाका आज आइतबारदेखि तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउ…
सुशील भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान
काठमाडौं । लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको…
दसैँ मनाउन उपत्यकाबाट पाँच लाख यात्रु बाहिरिए
काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या पाँच लाखनजिक पुगेको छ। घटस्थापनादेखि असोज ३१ गतेसम्म…
तातोपानी नाका आजदेखि तीन दिन खुला
काठमाडौं । चीनसँगको तातोपानी नाका आज आइतबारदेखि तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। दसैँको समयमा वस्तु तथा…
दीपक भट्टका दाइ पनि पक्राउ
काठमाडौं । बिचौलिया दीपक भट्टका दाइ सुशील भट्ट पक्राउ परेका छन्। दीपकलाई छुटाउन चलखेल गरेको प्रमाण भेटिएपछि उनी पक्राउ परेका …
शनिबार १० बजेसम्मका प्रमुख १० खबर
दसैँको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– आर्थिक कारणले चाडपर्व बोझ नबनाेस् प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले …